Rule 1
२ परिभाषा
१.२.१ विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा, —
१.२.१.१ “ऐन” भन्नाले प्राचीन स्मारक संरक्षण ऐन, २०१३ सम्झनुपर्छ ।
१.२.१.२ “विभाग” भन्नाले नेपाल सरकार, पुरातत्व विभाग सम्झनुपर्छ ।
१.२.१.३ “प्राविधिक समिति” भन्नाले नियम २.१ बमोजिम गठित प्राविधिक समिति सम्झनुपर्छ ।
१.२.१.४ “सहयोग समिति” भन्नाले नियम ३.१ बमोजिम गठित प्राचीन स्मारक संरक्षण सहयोग समिति सम्झनुपर्छ ।
१.२.१.५ “वर्गीकरण समिति” भन्नाले नियम २.३ बमोजिम गठित प्राचीन स्मारक सर्भेक्षण एवं वर्गीकरण समिति सम्झनुपर्छ ।
१.२.१.६.“कोष” भन्नाले नियम ४.१० बमोजिम खडा गरिएको प्राचीन स्मारक संरक्षण कोष सम्झनुपर्छ ।